विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

Share News

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । यी दुवै कम्पनीबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको हो ।

दुवै कम्पनीको वार्षिक साधारण सभाबाट मर्जर प्रक्रिया स्वीकृत भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यी दुवै कम्पनीबीच गत मङ्सिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।