मर्जरपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट शेयर सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

Share News

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ ।

साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ६२ लाख २६ हजार ३८१  दशमलव ९६ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुुकुवा गरिएको हो । 

मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ५९९ दशमलव १२ ओपनिङ रेञ्ज तोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर भोलि अर्थात् सोमवारदेखि  कारोबारमा आउनेछ । स्टक सिम्बोल सलिको रहेको छ ।  


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।