मिर्मिरे लघुवित्तका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा 

Share News

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको गत पुस ३० गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित २३ बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।

भौतिक रूपमा शेयर धारण गरेका शेयरधनीहरूले कम्पनीको शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ । शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।