नेरुडे लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

Share News

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको १३ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि  कारोबार गर्न मिल्नेछ । कम्पनीले गत माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।