काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बीमितहरू दाबी भुक्तानी लिन अनुरोध छ । कम्पनीले बीमालेख परिपक्व भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पूरा भइसकेर पनि उक्त बीमालेखहरूमा परिपक्व दाबी एवं जीवित लाभ दाबी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरू एवं सम्बन्धित हकवालाहरूलाई उक्त दाबी भुक्तानी लिन आउनको लागि अनुरोध हो ।
कम्पनीको नजिकैको कुनै शाखा कार्यालय अथवा प्रधान कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको सबै किसिमको भुक्तानीहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्दै आएको पनि जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।