चितवन । यामाहाको नयाँ स्कूटर ‘रे जेडआर १२५ हाइब्रिड’ चितवनमा सार्वजनिक गरिएको छ । नविन अटो सेन्टर, नारायणगढले हिमालय रोडिज टिमको उपस्थितिमा उक्त मोडलको स्कूटर सार्वजनिक गरेको हो । यो स्कूटर स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर भएको बताइएको छ ।
स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम र प्रिमियम प्लस गरी चारे ट्रिममा उपलब्ध यो स्कूटर शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड (एफआई) १२५ सीसी ब्लू कोर इञ्जिनसहित भएको बताइएको छ । नवीन अटो सेन्टरका व्यवस्थापक कपिल सागर कर्माचार्यले अल्टिमेट स्कूटर बाइकिङ एरोक्सको सफल शुरुआतपछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको बताए । यसको बेसिक मोडेल स्ट्यान्डर्ड रियर इमको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँदेखि शुरू हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।