जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ २३ गते बुक क्लोज गरेसँगै आज अर्थात जेठ २२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो  प्रस्ताव पारितका लागि कम्पनीले असार ४ गते साधारण सभा बोलाएको छ । सभा दि एसआर होटल तिलोत्तमा न.पा. रुपन्देहीमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।