अर्किड होल्डिङ्ग्सको हकप्रद शेयर खरीदका लागि म्याद थप 

Share News

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर विक्री गर्ने समय थप गरेको छ ।

यसअघि वैशाख चैत २६ देखि वैशाख ३० गतेसम्म कम्पनीले यो हकप्रद शेयर विक्री खुला गरेको थियो । केही शेयरधनीहरूबाट शेयरबापतको रकम जम्मा गर्न म्याद थप गरिदिन माग भएकाले वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले म्याद थप गर्ने निणर्य गरेको हो । अब चैत १९ गतेसम्म कायम शेयरधनीहरूले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । 

थपिएको अवधिभित्र समेत हकप्रद शेयरबापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयरबापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तीसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।