ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत

Share News

काठमाडौं । ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै बुधवारबाट कारोबारमा आउनेछ । 

नेप्सेले यो ऋणपत्रलाई ‘जीबीआईएल८४/८५’ कारोबार संकेत प्रदान गरेको छ । बैंकले केही समयअघि उक्त ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो । पाँचवर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याज पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।