कामना सेवा विकास बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

Share News

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश नलिएका शेयरधनीहरूलाई कम्पनीले उक्त रकम लिन अनुरोध गरेको हो । 

कम्पनीले लाभांश रकम लिनका लागि शेयरधनीहरूलाई सूचना प्रकाशित गरेको मितिबाट एक महीनाभित्र कम्पनीको शेयर रजिष्ट्रार बि.ओ.के क्यापिटल मार्केट लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।