नागरिक लगानी कोषले असार ३१ गते बोलायो साधारण सभा

Share News

काठमाडौं । नागरिक लगानी कोषले असार ३१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते बसेको कोषको सञ्चालक समिति बैठकले कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा अपराह्न ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट कोषले हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

हाल कोषको चुक्ता पूँजी रू. ४ अर्ब २५ करोड १० लाख रहेको छ । यस वर्ष कोषले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कोषले रू. ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२८औं वार्षिक साधारण सभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।