एनएमबि फिप्टीले सूचीकृत धितोपत्रमा लगानी बढायो

Share News

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले वैशाख महीनाको तुलनामा जेठ महीनामा सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।

वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ९६ करोड ६५ लाख लगानी गरेकोमा जेठ मसान्तसम्ममा बढाएर रू. १ अर्ब १५ करोड पुर्‍याएको हो । त्यस्तै फण्डको न्याभ पनि बढेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ७१ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ११ रुपैयाँ ८३ पैसा पुगेको छ । 

फण्डले वैशाख मसान्तसम्ममा रू. ६ करोड ५९ लाख नोक्सानी व्यहोरेको थियो । जेठ मसान्तमा भने कम्पनी रू. ७ करोड ३५ लाख नाफामा छ । जेठमा फण्डले रू. ९ करोड ७४ लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. ४ करोड ४३ लाख ऋणात्मक थियो । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।