काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले शेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुन निवेदन दिएको छ । कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा असार १२ गते निवेदन दिएको हो ।
यस भन्दा अगाडि कम्पनीले २०७७ सा असार ३० गते २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृती पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।