काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छुट दिने समय अवधि थप गरेको छ । अब बीमितहरुले असार ३१ गतेसम्म उक्त छुट सुविधा पाउन सक्नेछन् ।
यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क पुर्ण रुपमा २०८० असार ३१ गतेसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस अघि यस्तो सुविधा असार १५ गतेसम्म मात्र थियो अब भने कम्पनीले १६ दिन समय थप गरी असार ३१ गतेसम्म पु¥याएको छ । यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आ आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।