कामना सेवा विकास बैंकले मनायो राष्ट्रिय धान दिवस 

Share News

काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रवार विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाएको छ । मौलिक परम्परा जोगाउने उद्देश्यले राष्ट्रिय धान दिवसको अवसरमा सहयोग गरिएको बैंकको भनाइ छ ।

‘त्रिपुरेश्वर कृषि सहकारी संस्था’ले चितवनमा आयोजना गरेको ‘दही चिउरा खाने, रोपाइँ र हिलेदौड प्रतियोगिता’ तथा पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको ‘१८औं रोपाइँ महोत्सव’लाई बैंकले आर्थिक सहयोग गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।