नागरिक लगानी कोषको २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Share News

काठमाडौं । नागरिक लगानी कोषले प्रस्ताव गरेको कूल २६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा अपराह्न ३ बजे हुनेछ ।

उक्त सभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुक क्लोज गर्ने मिति यसअघि नै तय गरिसकेको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कोषको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

हाल कोषको चुक्ता पूँजी रू. ४ अर्ब २५ करोड १० लाख छ । यस वर्ष कोषले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कोषले रू. ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।