इन्फिनिटी लघुवित्तको ५८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

Share News

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५८ हजार २७६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । शेयर खरीदका लागि नवलपरासीकाे गैडाकाेटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन पेस गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर मूल्य विक्रीकर्ता संस्थापक शेयरधनीहरूले तोकेबमोजिम हुने कम्पनीको भनाइ छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. ५२४ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।