नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ४ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रू. ४ अर्ब ४ करोड बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा एनआईएमबि डिबेञ्चर २०९० नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएपछि कम्पनीले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।