सिटिजन्स बैंकका ग्राहकलाई युनिभर्सल डेन्टलमा छूट

Share News

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको स्युचाटारस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच बैंकका कार्डवाहक ग्राहकलाई छूट दिने सम्झौता भएको छ । 

सम्झौतापश्चात् बैंकका कार्डवाहकले युनिभर्सल डेन्टलमा २० प्रतिशतसम्मको छूट पाउने भएका छन् । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंककोे छ । 

डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । बैंकले १८८ शाखा, ३ विस्तारित काउण्टर, १४३ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाईबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।