सिटिजन्स बैंकका ग्राहकलाई होटल ड्रिम इन्टरनेसनल र द फ्लामिंगोमा छूट 

Share News

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुटवल कालिकापथस्थित होटल ‘ड्रिम इन्टरनेसनल’ र योगीकुटीस्थित होटल ‘द फ्लामिंगो प्रालि’सँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई होटलका सेवामा १५ प्रतिशतसम्म छूट दिइने उल्लेख छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।