काठमाडौं । लुम्बिनी विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
अब बैंकको ११ % एलबिबि एल डिबेञ्चर २०८९ नामक ऋणपत्रको कारोबार सम्बन्धित अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरूको ब्याज भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलबाट हुनेछन् ।
बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा आगामी २०८९ सालसम्मका लागि जेठ १६ देखि २५ गतेसम्म ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।