एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा आउने, सेबोनबाट पायो स्वीकृति

Share News

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको छ । एनआईबिएल स्टेबल फण्डले इकाई निष्कासन गर्न अनुमति पाएको हो ।

योजनाको व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड छ । एनआईबिएल स्टेबल फण्डले १० करोड इकाई निष्कासन गर्न असार २२ गते सेबोनबाट स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईबिएइल एस क्यापिटल लिमिटेड छन् । स्वीकृति पाएसँगै यो फण्डले रू. १० अंकित दरका कुल रू. १ अर्ब बराबरको इकाई विक्री खुला गर्नेछ । यो बन्दमुखी योजना हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।