काठमाडौं । वाणिज्य बैंकको प्राइस टु बुक भ्यालु (पीबी) रेशियो औसतमा १ दशमलव ६४ गुणा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार गर्ने २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम पीबी रेशियो सनराइज बैंकको छ । उक्त बैंकको पीबी रेशियो शून्य दशमलव ९६ गुणा छ ।
सबैभन्दा कम पीबी रेशियो हुने वाणिज्य बैंकको सूचीमा दोस्रोमा नेपाल बैंक छ । उक्त बैंकको पीबी रेशियो १ दशमलव ०१ गुणा छ । सबैभन्दा बढी पीबी रेशियो एभरेष्ट बैंकको छ । उक्त बैंकको पिबी रेशियो ३ दशमलव ५८ गुणा छ ।
के हो पीबी रेशियो ?
पीबी रेशियो कम्पनीको आर्थिक अवस्थाबारे जानकारी दिने आधारभूत पक्षको एक सूचक हो । यो रेशियो शेयरको बजार मूल्य र प्रतिशेयर नेटवर्थ (किताबी मूल्य) बीचको अनुपात हो । यो अनुपात हालको बजार मूल्यलाई प्रतिशेयर नेटवर्थले भाग गरेर निकालिन्छ । जानकारहरूका अनुसार यो रेशियो ३ गुणाभन्दा कम भएको कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ ।
के हो प्रतिशेयर नेटवर्थ ?
कम्पनीको खुद सम्पत्तिमा कम्पनीले तिर्नुपर्ने दायित्व घटाएपछि आउने अनुपातलाई प्रतिशेयर नेटवर्थ अथवा किताबी मूल्य भनिन्छ । कम्पनी केही कारणवश डुब्ने अवस्था आएमा उसले आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्छ ।
यस्तो छ वाणिज्य बैंकहरूको शेयर मूल्य, प्रतिशेयर नेटवर्थ र पीबी रेशियो
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।