नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ४४ हजार ५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

बैंकले दुई जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । 

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको शेयर शाखा, लाजिम्पाट, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।
तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि विक्री खुला गरिने बैंकले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।