आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ शनिवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

Share News

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ भोलि (शनिवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार भोलि ११ बजे क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणलाई निष्कासन गरेको कुल शेयर ९६ लाख कित्ता शेयरको १.६४ गुणा बढी हुन आउँछ । यस आधारमा कम्पनीको आईपीओ ९ लाख ६० हजार जना आवेदकले १० कित्ताका दरले हात पार्नेछन् । 

कम्पनीले असार २० देखि २५ गतेसम्म अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा कुल १ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । 

कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।