कुमारी सुनौलो लगानी योजनाका इकाईहरूको कारोबार आजबाट खुला

Share News

काठमाडौं ।  कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरूको कारोबार आज अर्थात् असार ३१ गतेबाट खुला गरिएको छ ।

यो योजनाका इकाइहरू लगानीकर्ताहरूले काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरीद–विक्री गर्न सक्नेछन् ।

आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार शुक्रवार, शनिवार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ । यो एउटा खुलामुखी योजना हो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।