सामाजिक संस्थाहरूलाई महालक्ष्मी विकास बैंकको सहयोग

Share News

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न सहयोग गरेको छ । बैंकले विभिन्न विद्यालय, स्वास्थ्य प्रतिष्ठान, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई सहयोग गरेको हो । बैंकले गत आर्थिक वर्षमा दुई विद्यालयलाई पर्खाल, खेलकुद मैदान र साइकल पार्किङस्थल निर्माण सहयोग, ६ विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री सहयोग, चार विद्यालयलाई कम्प्युटर, टेलिभिजन, फर्निचर, प्रिन्टर सहयोग र दुई विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग गरिएको बताएको छ । 

त्यसैगरी एक/एक विद्यालयलाई खेलकुद सामग्री र आवास भवन निर्माणमा सहयोग गरेको बैंकले बताएको छ । बैंकले एक विपन्न बस्तीमा शौचालय निर्माणका साथै स्वास्थ्य, अपांगता तथा मानवसेवा संस्था, वृद्धाश्रम, प्रहरी चौकी, मन्दिर, टोल विकास समिति र खेलकुद विकास समितिलाई सहयोग गरेको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।