सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा छूट पाउने भएका छन् । बैंकका ग्राहकले ती संस्थाका सेवामा विभिन्न किसिमका छूट प्राप्त गर्ने गरी सम्झौता गरिएको हो । बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशत, ललितपुरको भैंसेपाटीस्थित अर्बन स्माइल डेन्टल केयरका सेवामा अधिकतम २५ प्रतिशत र काठमाडौंको न्यूरोडस्थित सयपत्री मेरी गोल्ड ज्वेलर्सका सेवामा २५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा ल्याउँदै आएको बैंकले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।