हिमालयन लघुवित्तको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख १६ हजार ९३६ दशमलव ८९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ । 

कम्पनीले गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । यसअगाडि कम्पनीको नाम सिभिल लघुवित्त वित्तीय संस्था थियो ।

नाम परिवर्तन गरी हिमालयन लघुवित्त वित्तीय संस्थाको नामबाट नेप्सेमा कारोबार हुने कम्पनीले जनाएको छ । स्टक सिम्बोल एचएलबिएसएल रहेको छ । त्यस्तै संस्थापक शेयरको लागि एचएलएसबिएसएलपि रहेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।