माछापुच्छ्रे बैंकले ल्यायो ‘भ्वाइस बक्स प्रविधि’

Share News

काठमाडौं । माछापुच्छ्रे बैंकले क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स’ प्रविधिको शुरुआत गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानबाट यसको शुरुआत गरिएको बताइएको छ ।

अब बैंकका ग्राहकले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगै ध्वनिमार्फत पनि पाउने भएका छन् । यसले सेवाग्राही तथा मर्चेन्टमाझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनीयता बढ्ने बैैंकको अपेक्षा छ ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जानकारी दिएको छ । डिजिटल भुक्तानी सुविधालाई सहज बनाउने गरी ग्राहकका लागि नवीन उत्पादन र सेवा ल्याउन सधैं तत्पर रहेको बैंकको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।