काठमाडौं । एनआईसी एशिया बैंकले २६औं वार्षिकोत्सव मनाएको छ । देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बन्ने अभियानमा क्रियाशील रहेको बैंकले बताएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ थिमलाई सार्थकता दिन योगदान दिने ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत सबैको साथप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।
‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं, त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ, ‘अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा दिन प्रतिबद्ध छौं ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।