काठमाडौं । कामना सेवा विकास बैंकले कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १२ दशमलव १२ प्रतिशत ब्याजदरमा विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउने भएको हो । बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन कर्जा १२ दशमलव १२ प्रतिशत ब्याजदरमा प्रवाह गर्ने भएको हो ।
घर निर्माण कर्जा अधिकतम ३० वर्षका लागि डेढ करोड रुपैयाँ सीमाभित्र रहने गरी धितो मूल्यांकनको ६० प्रतिशतसम्म पाउन सकिनेछ । यस्तै सरल व्यापार कर्जा धितो मूल्यांकनको ८० प्रतिशतसम्म पाइनेछ । यस कर्जामा मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले जानकारी दिए । त्यस्तै, विद्युतीय सवारीसाधन खरीदमा खरीद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।