बोनस शेयर वितरणमा घट्दो आकर्षण, गत आवमा शेयरधनीलाई बाँडिएको कित्ता ३६ % भन्दा बढीले घट्यो

Share News

काठमाडौं  । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा कम्पनीहरूले शेयरधनीलाई बाँडिएको बोनस शेयरको कित्ता ३६ दशमलव १८ प्रतिशत घटेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को तथ्यांक अनुसार आव २०७८/७९ मा १४५ कम्पनीले कुल ६१ करोड ९० लाख ४३१ कित्ता बोनस शेयर बोनस शेयर सूचीकृत भएकोमा  गत आव २०७९/८० मा १२२ कम्पनीले ३९ करोड ४२ लाख ९४ हजार १८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा बोनस शेयर वितरण गर्ने कम्पनीको संख्या पनि २३ ले घटेको छ । 

अघिल्लो आवमा आकर्षक बोनस शेयर वितरण गरेका कतिपय कम्पनीले गत वर्ष भने लाभांश दिएनन् । यसमध्येको एक कम्पनी हो, मञ्जुश्री फाइनान्स । यस कम्पनीले अघिल्लो आवमा शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर वितरण गरेकोमा गत आवमा बोनस शेयर वितरण गरेन । 

बोनस शेयर वितरण नगर्नेमा वाणिज्य बैंकहरू पनि छन् । गत आवमा वाणिज्य बैंकहरूमा लक्ष्मी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक र एनआईसी एशिया बैंकले लाभांश वितरण गरेनन् ।

नेपाली शेयरमा बजारमा लगानीकर्ताको पहिलो रोजाइ नगदभन्दा बोनस शेयर हुन्छ । बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मकरूपमा केही पनि नदिने विज्ञहरू बताउँछन् ।

बोनस शेयर जारी हुने सूचनाले केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही नपाइने विज्ञको भनाइ छ । यही कारण बोनस शेयर दिने कम्पनीको संख्या घटेको उनीहरू बताउँछन् ।  

विदेशमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयर वितरण गर्नुलाई राम्रो मानिँदैन । बोनस शेयर वितरण गर्दा कम्पनीको दायित्व र चुक्ता पूँजी बढ्छ ।

नेपालमा भने यसको ठिक उल्टो छ । लगानीकर्ताले बढी बोनस दिने कम्पनीहरू छानेको पाइन्छ । सोही कारण आकर्षक लाभांश प्रस्ताव गर्दा कम्पनीको शेयर मूल्य बढ्ने गर्छ । 

सबैभन्दा बढी घट्यो लघुवित्त समूहको

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी लघुवित्त समूहको बोनस शेयर घटेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा विभिन्न शीर्षकमा गरेर ९५ प्रतिशतसम्म जगेडा कोषमा छुट्याउने व्यवस्था गरेको थियो । यस कारण लाभांश प्रस्ताव गरेका कम्पनीले पुन: परिमार्जन गरी लाभांश प्रस्ताव गरेका थिए ।

वाणिज्य बैंकहरूको जोड नगद लाभांशमा

वाणिज्य बैंकहरूले बोनस शेयर वितरणभन्दा नगद लाभांशमा जोड दिएका छन् । यसको कारण हो- नाफा घट्नु र पर्याप्त पूँजी हुनु । वाणिज्य बैंकहरूको चुक्ता पूँजी बढ्दै गएकाले नाफा घट्दै गएको छ ।

दुई आवमा बोनस सूचीकृत भएका कम्पनी र  बोनस शेयर कित्तामा 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।