काठमाडौं । एभरेष्ट बैंकले ग्रेटवाल मोटर्सका उत्पादनमा कर्जा सुविधा दिने भएको छ । बैंक र भीजी इम्पेक्सबीच भएको सम्झौतामा ग्रेटवालका उत्पादन किन्ने ग्राहकलाई बैंकले कर्जा सुविधा दिने उल्लेख छ ।
ग्रेटवाल मोटर्सले अहिले हाभल ब्राण्डमा जोलायन र एच–६, ग्रेटवाल ब्राण्डमा पावर र विंगल तथा विद्युतीय गाडीकोे ब्राण्ड ओराको ओरा–०३ विक्री गर्दै आएको छ । सम्झौतामा भिजी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्ट र बैंकका उपमहाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका छन् ।
प्रतिस्पर्धी ब्याजदर, डाउन पेमेन्ट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ । बैंकले अधिकतम ७ वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरमा कर्जा दिने सम्झौतामा उल्लेख छ ।
विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र तीन वर्षसम्मका लागि न्यूनतम १० दशमलव ८० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।