काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूलाई आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालीम दिएको छ । कम्पनीले शाखा प्रमुखहरूलाई शनिवार भैरहवामा सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालीम दिएको हो ।
१३० जना कर्मचारी सम्मिलित तालीममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले उक्त विषयवस्तुबारे सहजीकरण गरेका थिए । सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, आवश्यकता, लक्ष्य, आतंककारी कार्यबाट संकलित रकमलार्ई बीमा क्षेत्रको माध्यमबाट चोख्याइने प्रवृत्ति लगायत विषयमा जानकारी गराइएको थियो । साथै वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजायका विषयमा समेत स्पष्ट पारिएको थियो । तालीममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रीय कार्यालयका सम्पूर्ण विभागीय प्रमुख सहभागी थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।