कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

Share News

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले साउन १० गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको जानकारी दिएको हो ।

अब कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्नेलगायत कार्यहरू एनएमबि क्यापिटलबाट हुनेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात शेयर सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ १० हजार ११५ जना आवेदकले प्राप्त गरेका छन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।