काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ९ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ६८ करोड नाफा कमाएकोमा गत आवको सोही अवधिमा बढेर रू. १ अर्ब ८५ करोड पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ९ दशलमव ९१ प्रतिशत र खुद ब्याज आम्दानी १० दशमलव ४३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ५६ करोडभन्दा बढी छ । यस आधारमा कम्पनीका लाभांश क्षमता १५ दशमलव २९ प्रतिशत छ । अघिल्लो आवको मुनाफाबाट भने कम्पनीले कुनै पनि लाभांश वितरण गरेको थिएन ।
गत आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०५ पैसा रहेकोमा गत आवमा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव ८४ गुणा, तरलता अनुपात २९ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव १ छ ।
कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब २५ करोडभन्दा बढी छ । गत आवमा कम्पनीले रिजर्भमा रू. ४ अर्ब ४६ करोड, रिटेन्ड अर्निङमा रू. १ अर्ब ५६ करोड र शेयर प्रिमियममा रू. ३ करोडभन्दा बढी सञ्चिति गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।