कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

Share News

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार १३१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । उक्त शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूलाई भएको कम्पनीले जानकारी दिएको छ ।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयरको विवरणसहित कम्पनीको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गरिएको यो शेयर तोकिएको अवधिभित्र वितरण हुन नसकेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।