काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालले ‘डिजिटल फाइनान्स परियोजना’मा सहकार्य गर्ने भएका छन् । डिजिटल माध्यमबाट वित्तीय कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइने उक्त परियोजना कार्यान्वयनका लागि दुई संस्थाबीच सम्झौता भएको हो । बेलायतस्थित प्राक्टिकल एक्सनको सहयोगमा डिप्रोक्स नेपालले कार्यान्वयनमा ल्याउने उक्त परियोजनामा ग्लोबल बैंकको समेत सहभागिता रहने भएको हो । परियोजना दाङ, रोल्पा र रुकुम–पूर्वका आठ स्थानीय तहमा सञ्चालनमा आउनेछ । तरकारीखेती, दुग्ध उत्पादन, ओखर, सुन्तलाखेती, बाख्रापालन लगायत व्यवसायमा संलग्न ५ हजार ५०० घरधुरीलाई परियोजनाले सहयोग गर्ने बताइएको छ ।
यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियन परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालीम सञ्चालन गरिने भएको हो । यसबाट मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।