पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तरराष्ट्रिय क्रिकेटबाट लिए संन्यास

Share News

काठमाडौं । पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तरराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै संन्यासको घोषणा गरेका हुन् । 

‘क्रिकेटमा कुनै समय मैले पनि कसैलाई रिप्लेस गरेको थिए होला । तर, यो मेरो समय हो । त्यसैले आज मेरो अन्तरराष्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छ,’ उनले भने । 

विकिपिडियाका अनुसार उनी सन् २००६ देखि नेपाली राष्ट्रिय टोलीबाट खेल्न थालेका थिए । उनले राष्ट्रिय टोलीबाट ३७ एकदिवसीय अन्तरराष्ट्रिय र ४५ टी–ट्वान्टी अन्तरराष्ट्रिय खेल खेलेका छन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।