काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४७ दशमलव ९५ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ९० करोड ४७ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ४७ करोड ९ लाखमा झरेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४३ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ५१ प्रतिशत पुगेको छ ।
त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. ३३ करोड ६३ लाख छ । कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १७ करोडभन्दा बढी छ । त्यस्तै कम्पनीले जगेडामा रू. २ अर्ब २ करोड र रिटेन्ड अर्निङमा रू. ३३ करोड ६३ लाख सञ्चिति गरेको छ ।
गत आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा रहेकोमा गत आवमा घटेर ११ रुपैयाँ २९ पैसामा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २८ दशमलव ८३ गुणा, तरलता अनुपात ३४ दशमलव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ६५ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।