कामना सेवा विकास बैंकका ग्राहकलाई डच एण्ड डोरिसमा छूट

Share News

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई काठमाडौंको पुतलीसडकस्थित डच एण्ड डोरिस रेस्टुरेन्टले छूट दिने भएको छ । यस सम्झौताअन्तर्गत बैंकमा आबद्ध ग्राहकले रेष्टुराँका सेवामा १५ प्रतिशतसम्म छूट पाउने बताइएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने अपेक्षा गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।