कुमारी क्यापिटलद्धारा सञ्चालित दूई फण्डले घोषणा गरे लाभांश

Share News

काठमाडौं । कुमारी क्यापिटलले आफ्ना दुई योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।  क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।  
कुमारी इक्विटी फण्डले कर सहित १० प्रतिशतका दरले र कुमारी धनवृद्धि योजना  ले कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन २५ गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी योजनाहरुको कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।