सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको कालिकानगरस्थित चौराह हस्पिटलबीच छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका कार्डवाहकले हस्पिटलका सेवामा १० प्रतिशतसम्मको छूट पाउने भएका छन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंककोे छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८८ शाखा, १४७ एटीएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।