एभरेष्ट बैंकले ल्यायो अफलाइन भुक्तानी सेवा

Share News

काठमाडौं। एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने बताइएको छ । यस सेवाअन्तर्गत इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकका नायब महाप्रबन्धक आशुतोष शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ ऊर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए । हाल उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकले एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा ‘ट्याप’ गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुने र व्यापारी तथा व्यवसायीले आफूसँग भएको ‘फोन पे बिजनेस एप’बाट भुक्तानी स्वीकार गर्न सक्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।