काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुराँ क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले सम्झौता गरेको छ । सम्झौतापश्चात् ती संस्थाले बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छूट प्रदान गर्ने बताइएको छ । सम्झौता अनुसार ग्राहकले पर्साको वीरगञ्जस्थित ‘मंगलम डायग्नोस्टिक सेन्टर’का सेवामा १० प्रतिशत, बाराको सिमरास्थित ‘होटल क्वीक–ट्वेन्टी एण्ड रिभर साइड’का सेवामा १० प्रतिशतसम्म र मकवानपुरको हेटौंडास्थित ‘रेगल हेटौंडा रिसोर्ट’का सेवामा १५ प्रतिशतसम्म छूट पाउनेछन् । त्यस्तै बैंकले कैलालीको धनगढीस्थित ‘निसर्ग हस्पिटल’का सेवामा २० प्रतिशतसम्म, हेटौंडाको विशुद्ध मोमोचाका सेवामा १० प्रतिशत र चितवनको भरतपुरस्थित ‘कैलाश रिसोर्ट एण्ड फन पार्क’का सेवामा १० प्रतिशत छूट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।