छिमेक लघुवित्तले १२ महीनामा कमायो १ अर्बभन्दा बढी नाफा, निष्क्रिय कर्जा भने बढ्यो

Share News

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ९४ करोड ७२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष १२ दशमलव ११ प्रतिशत बढी यो नाफा गरेको हो । 

गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष यो नाफा १ अर्ब २० करोड रुपैयाँभन्दा बढी थियो ।

इम्पेयरमेन्ट चार्ज गत वर्ष ३४ करोड रुपैयाँ छ । यो रकम अघिल्लो वर्ष २१ करोड ६८ लाख रुपैयाँभन्दा बढी थियो । इम्पेयरमेन्ट चार्ज बढेको गत वर्ष कम्पनीको सञ्चालन नाफा करीब ६ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्ष १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी भएको हो ।

२२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ पुर्‍याएको कम्पनीको शेयर प्रिमियम ४ करोड रुपैयाँभन्दा बढी र रिटेन्ड अर्निङ १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी छ । जगेडा कोषमा भने कम्पनीको २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी छ ।

गत चौथो त्रैमाससम्म ३० अर्ब ७१ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने ३२ अर्ब रूपैयाँभन्दा बढी भएको छ ।

अघिल्लो वर्ष शून्य दशमलव ८३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर १ दशमलव ७२ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।