सिटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टल हस्पिटलमा छूट 

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई छूट दिने समझदारी भएको छ । समझदारीपश्चात् बैंकका कार्डवाहक ग्राहकले हस्पिटलका सेवामा २० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८८ शाखा, १४७ एटीएम, तीन विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।