गत वर्ष आईएमई लाइफ इन्स्योरेन्सको नाफा  ८७ प्रतिशत बढ्यो

Share News


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १२ करोड ८६ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २४ करोड भन्दा बढी पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न पुगेको हो । 
आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४६ दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. २२ करोड ६१ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ३३ करोड २० लाख पुगेको हो । 
आईपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुगेको छ । त्यस्तै कम्पनीकोे जगेडामा रू. २ अर्ब ७१ करोड  सञ्चिती रहेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४ अर्ब १८ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.६ दशमलव ०२(वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १७१ दशलमव ०५ रहेको छ । 

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।