सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेका सेवामा छूट

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित ‘हार्ड रक क्याफे’बीच छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका ग्राहकले क्याफेका सेवामा १५ प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८८ शाखा, १४७ एटीएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईबाट सेवा प्रवाह गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।